आफ्नो नाक भाचेर देशको नाक जोगाउने खेलाडी (फोटोफिचर)



काठमाडौँ। सरकारले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले
रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने घोषणा गरेका हुन्। मंगलबार सकिएको १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो।

नेपालका खेलाडीहरूले आफ्नो स्वास्थ्यको कुनै प्रवाह नगरिकन देशको लागि उच्च योगदान दिएका छन्। मंगलबारको अन्तीम प्रतिष्पर्धामा फुटबल टिमका खेलाडीहरू घाइते बन्दा पनि जोस जागँरका साथ मैदानमा जुधि रहेका थिए। केही खेलाडीले आफ्नो नाक थिचिदासमेत पनि कुनै प्रवार गरेनन्। र त अन्तीममा नेपालले स्वर्ण पदक जित्यो।

तस्बिर: मुकुन्द कालिकोटे