स्वर्ण पदक जित्ने सपना टुटेपछि…(फोटोफिचर)



काठमाडौँ। पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा पुगेको नेपाली महिला भलिबल टोली स्वर्ण पदक जित्नबाट बञ्चित भएको छ।

पहिलो सेटमा २५-१७ को हार ब्यहोरेको नेपाली टोली दोस्रो र तेस्रो सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै २५-२४ र २५-२१ को जित निकाल्न सफाल भएको थियो।

चौथो सेटमा सन्तोषजनक प्रदर्शन गरेको अवस्थामा २५-२० ले भारत विजयी भयो। मंगलबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलको अन्तिम सेट पनि भारतले जितेपछि सागमा स्वर्ण जित्ने महिला भलिबल खेलाडीहरुको सपना अधुरो रह्यो।

कप्तान अरुणा शाहीदेखि सबै खेलाडीहरुले आफूलाई सम्हाल्न सकेनन्, आँसु लुकाउन सकेनन्। उपराष्ट्रपति नन्दबहादुर पुन उक्त भलिबल प्रतिष्पर्धा हेर्न पुगेका थिए। यद्यपि सागमा महिला भलिबल टिमले पहिलो पटक रजत पदक जित्दै इतिहास रचेको छ।

तस्बिर: खेमराज वलीको ट्वीटरबाट

तस्बिर: खेमराज वलीको ट्वीटरबाट 

तस्बिर: खेमराज वलीको ट्वीटरबाट 

तस्बिर: खेमराज वलीको ट्वीटरबाट

तस्बिरः मुकुन्द कालिकोटे