दाङको घोराहीमा कांग्रेसका ताराबहादुर डिसी विजयी



दाङ। घोराही उपमहानगरपालिकाको वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका ताराबहादुर डिसी १२१८ मतका साथ विजयी बनेका हुन्। डिसीका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सुरेश बहादुर केसीले १११७ मत प्राप्त गरेका छन्।

निर्वाचनमा स्वतन्त्र उम्मेद्वार दर्ता गरेका नेकपाका बागी जगलाल चौधरीले ७२० मत ल्याएका थिए। त्यस्तै संघीय समाजवादीकी विमला पुनले ३१, राप्रपाका प्रकाश के।सी। ले १९, नेशनल मंगल ओर्गाइजेशनका पहलमान आलेले ३० र स्वतन्त्र उम्मेद्वार समीर वलीले २३ मत ल्याएका छन्।

दाङ नेकपाका स्थायी समिती सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला हो। त्यहाँ उम्मेद्वारी चयनदेखि नै नेकपामा चरम विवाद थियो।