आगामी कात्तिक २५ गते बंगलादेशका राष्ट्रपति नेपाल आउने



काठमाडौँ। बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले आगामी कात्तिक २५ गते नेपाल भ्रमणमा आउने भएका छन्। कात्तिक २५ देखि २८ गतेसम्म नेपालको भ्रमण गर्ने भनिए पनि परराष्ट्र मन्त्रालयले भ्रमणको मिति केही दिन तलमाथि हुन सक्ने बताएको छ।

यसै साता अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरुको सम्मेलनका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीवीच साइडलाइन बैठक भएको थियो। सो बैठकमा पनि राष्ट्रपति हमिदको नेपाल भ्रमणबारे छलफल भएको थियो।