आईसीयूमा राखेर प्रधानमन्त्रीको डायलाइसिस



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ। प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर खोप्य रुपमा डाइलाइसिस गरिएको स्रोतले कान्तिपुरलाई जानकारी दियो।

प्रधानमन्त्रीको निजी चिकित्सक प्राडा दिव्यसिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ।

अस्पताल प्रशासनले प्रधानमन्त्रीको विषयमा औपचारिक जानकारी दिन चाहेको छैन। यो समाचार कान्तिपुर दैनिकमा स्वरुप आचार्य र अतुल मिश्रले लेखेका छन्।