ज्ञानेन्द्र मल्ल बने नेपाल क्रिकेट टिमको कप्तान



काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ललाई चयन गरेको छ। पारस खड्काले केही दिन अघि कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तानमा मल्ललाई छनोट गरेको हो।

क्रिकेट संघ (क्यान) निलम्बन मुक्त भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए। पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा मल्ल उपकप्तानको भूमिका थिए।