जापान जाने खेलाडीलाई सामाग्री वितरण



काठमाडौँ। टोकियो ओलम्पिकको तयारीमा रहेको कराते टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरिएको छ ।

२ खेलाडी र १ प्रशिक्षक गरी ३ सदस्यीय टोलीलाई केल्मीको जुत्ता, ट्रयाक सुट र ब्याग प्रदान गरिएको हो। नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनसहित प्रायोजकद्वय विनोद महर्जन र रवि महर्जनले खेलाडीद्वय नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरिएको थियो।

टोलीलाई ट्रयाकसुट र जुत्ता गरी जम्मा ४९ हजारको सामाग्री प्रदान गरिएको हो। त्यस्तै आठौं दक्षिणकाली खेलकुद अन्तर्गत करातेका स्वर्ण विजेता रविले १५ हजार बराबरको ब्याग हस्तान्तरण गरे।

कार्यक्रममा प्रशिक्षक श्रेष्ठले जुनमा फ्रान्समा क्वालिफाइङ तथा पोर्चुगल, साइप्रस र मोरोक्कोमा हुने कराते लिगमा सहभागिताका लागि प्रयास भइरहेको जानकारी गराए। त्यस्तै कुवेतमा हुने एसियन च्याम्पियनसिपमा पनि सहभागिताका लागि नेपाल कराते महासंघले प्रयास गरेको बताए।