जनता समाजवादी पार्टी नेपाल विभाजन



काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल विभाजन गरी नयाँ दल दर्ता गरेका छन्।

अशोक राईको नेतृत्वमा निर्वाचन आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठ पार्टीको अध्यक्ष बनेका छन्। भने राई केन्द्रीय समिति अध्यक्ष बनेका छन्। साथै उनीहरुले वर्तमान सत्ता गठबन्धनको पक्षमा उभिने बताएका छन्।

उपेन्द्र यादवले समर्थन फिर्ता लिन खोजेपछि विभाजनतिर लाग्नु परेको श्रेष्ठले बताए। ‘उपेन्द्र यादवले समर्थन फिर्ता लिन खोजे, त्यसले अस्थिरता ल्याउने भयो। त्यसैले यो कदम चाल्नु परेको हो’ श्रेष्ठले भने।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन रहने उनले बताए। ‘मन्त्री नै यहाँ आउनुभएको छ। सरकारलाई समर्थन रहन्छ’,श्रेष्ठले भने। सरकारमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री छन् भने नवलकिशोर साह वन तथा वातावरण मन्त्री छन्।