‘मुग्लिनमा जाम छ’ बोलको गीत बजारमा (भिडियोसहित)



काठमाडौँ। नव सर्जक हेमराज योगीको शब्द संगीत रहेको ‘मुग्लिनमा जाम छ’ बोलको गीत बजारमा आएको छ।

चर्चित गायिका सुनिता बुढा र मौसम गिरीको आवाज रहेको गीतको म्युजिक भिडियो हेमराज योगीको युट्युव च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको हो ।

दिनेश सिंह ठकुरीको निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा विजय केसी र अञ्जली शाहीको अभिनय रहेको छ। सरोज शाहीले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन भने निराजन केसीले भिडियो सम्पादन गरेका हुन्।