छोरीको तस्बिर राख्दै रेखाले भनिन्, ‘हेर धर्तिमा तिमी जन्मिनुको महान कारण छ’



काठमाडौँ। नायिका रेखा थापालाई पुत्री लाभ भएको छ। थापाले शुक्रबार आफ्नो फेसबुक पेजमा पुत्री लाभ भएको भन्दै तस्बिरहरु पोष्ट गरेकी छन्।

साथै उनले आफ्नो फेसबुक पेजमार्फत भनेकि छन्, ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ।’  उनले छोरीको नाम बैभवी रज्यलक्ष्मी शाही ठकुरी रहेको समेत जनाएकी छन्।