प्रदीप गिरिको स्वास्थ्य सुधारोन्मुख



काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य सुधारोन्मुख रहेको छ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.जयेन्द्र बज्राचार्यले जानकारी दिए।

‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ’, उनले भने, ‘अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ।’अस्पतालका डा.पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ। नेता गिरिलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो।