कांग्रेस जुम्लाको सचिवमा लक्ष्मण शाहीको उम्मेदारी



सुर्खेत। नेपाली कांग्रेस जुम्लाको सचिव पदका लागि युवा नेता लक्ष्मण शाहीले उम्मेदारी दिने भएका छन्।

नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुखसमेत रहेका शाहीले सामाजिक सञ्जाल फेशबुकमार्फत आफू पार्टी सचिव पदका लागि उम्मेदार बनेको कुरा जानकारी गराएका छन्।

नेता शाहीको स्टाटस

निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ हो। शासनको विभिन्न तहमा जनताले आफ्नो प्रतिनिधि छनोट गर्ने उत्तम विधि नै निर्वाचन हो। नेपाली काँग्रेसको १४औं महाधिवेशन नेपाल र नेपालीका लागि र नेपाली काँग्रेस जुम्लाको ७औं अधिवेशन जुम्ली जनता र कांग्रेसी जनहरुका लागि एक महत्त्वपूर्ण, ऐतिहासिक र उल्लेखनीय कुम्भमेला हो। यस महान पर्वमा नेपाली काँग्रेसभित्र कस्तो प्रकृतिको नेतृत्व आउँछ? भन्ने कुरा सबैको सर्वाधिक चाँसोको विषय बनेको छ। जीवनका अनेकौ मोडहरुको बिचबाट नेपाली काँग्रेस पार्टिको संस्थापन इतरपक्ष (पौडेल प्यानल) बाट म जुम्ला जिल्लाको सचिव पदमा उम्मेदवार बनेको छु।

मेरो उम्मेदारी केवल उम्मेदवार बन्नको लागि मात्रै होइन। यो आवेगमा आएर गरिएको भावनात्मक कदम पनि पक्कै होइन। योत यथार्तको धरातलमा उभिएर चालिएको बस्तुगत र बैज्ञानिक कदम हो। सत्कर्मको निरन्तरताको शक्तिले बगिरहेको खोलाले ढुङ्गालाई बिस्तारै बिस्तारै काटेझैं मेरो जीवनको उदेश्यको यात्रालाई सफलताको सम्मुख पुराउँछ भन्ने विश्वास लिएको छु।

१ पार्टिमा विधि र प्रकिया स्थापित गर्न।
२ संघ, प्रदेश र स्थानिय निर्वाचनमा पार्टिलाई अब्बल साबित गर्न।
३ पार्टिका साथिहरूको सैद्वान्तिक,नितिगत तथा वैचारीक स्तर अभिवृद्धि गर्न।
४ मजबूत र बलियो जनधार निर्माण गर्न।
५ संगठनको आधार बलियो बनाउन।
६ पार्टिभित्रको आन्तरिक ध्रुविकरण न्यूनिकरण गर्न।
७ पार्टिलाई जनसेवामा केन्द्रित गर्न।
८ पार्टिमा यूवा नेतृत्व स्थापित गर्न।
९ प्रत्येक ब्यक्ति, घर,गाउँ बस्तिमा पार्टिलाई जोड्न।
१० अन्तरपार्टिहरुमा राजनितिक संस्कार अभिबृद्वि गर्न।
११ काँग्रेस पार्टिलाई असाय, गरिव, निमुखा र विपन्न जनताको पार्टिको रूपमा स्थापित गर्न।
१२ बौद्धिक व्यक्तिहरुको भूमिका पार्टिमा सुनिश्चित गर्न।
१३ निरन्तर अध्ययनको माध्यमबाट पार्टिका साथिहरूको आलोचनात्मक क्षमता अभिबृद्वि गर्न। १४ पार्टीलाई सुब्यवस्थित, पारर्दर्शी, बिधानतस् सन्चालन गर्न।
१५ जिल्लाभरिका कार्यकर्ताहरुमा नयाँ उत्साह सन्चार गर्न।
१६ युवा र प्रौढहरुको समन्वय गर्ने कडिको रुपमा प्रस्तुत हुन। १७ सम्पुर्ण भातृ संगठन तथा शुभेच्छुक संगठन लाई क्रियाशील राख्न।
१८ जाम गर्ने र पालो कुर्ने परम्परागत नेतृत्व विकास गर्नेहरुको भीडमा नेतृत्वका लागि क्रान्तिकारी निर्णय गरेको छु।

मेरो आकाँक्षा काँग्रेसलाई रक्षात्मक अवस्थामा पुर्‍याउनको लागि होइन। पार्टिलाई सुधार गरेर मजवूत बनाउनको लागि हो।जुम्लामा काँग्रेस बलियो कुनै ब्यक्तीले देख्न चाहेकोछ भने सब‌ैले सबल, सक्षम र योग्य उम्मेदवारको खोजी गर्नु जरूरी छ। तसर्थ, मेरो उम्मेदवारीमा सबै जिल्ला तथा क्षेत्रीय प्रतिनिधिहरूको सहयोग, सहानुभूति,सद्भाव र समर्थन रहने अपेक्षा गर्दै सहयोगको लागि बिनम्र अनुरोध गर्दछु।