कालिकोटका ९ वटै पालिकामा सहमतिका आधारमा सभापति चयन



कालिकोट। नेपाली कांग्रेस जिल्ला कार्य समिति कालिकोटले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ।

जिल्लाका ९ वटै स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको नेपाली कांग्रेसले कालिकोटले जनाएको छ। कांग्रेस नेता अशोक योगीका अनुसार खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, पलाता गाउँपालिकामा धिरबहादुर बम, तिलागुफा नगरपालिकामा धीरेन्द्र थापालाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ।

यस्तै महावै गाउँपालिकामा पुरारी अधिकारीलाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ भने राष्कोट नगरपालिकामा वीर फर्साल, सान्नि त्रिवेणी गाउँपालिकामा वीरेन्द्र केसी, पचाल झरना गाउँपालिकामा प्रजापति सञ्जाल र शुभकालिका गाउँपालिका दिर्ग शाही चयन भएका छन्।

अब क्षेत्रीय सभापति र पार्टीको जिल्ला सभापति पनि सहमतिका आधारमा चयन गर्नेमा सहमति भइरहेकाे नेता योगीको भनाई छ। उनकाअनुसार कालिकोटमा यो वा त्यो गुटको नभएर समग्र पार्टीको भलाईका लागि पार्टीको नेतृत्व सहमतिका आधारमा चयन गर्ने कोसिस गरिएको हो।