सभापतिमा अशोक योगीको उम्मेदवारी र सहमतिको तयारी



कालिकोट। नेपाली कांग्रेसको १४औँ महाधिवेसन तथा कालिकोटको ७औँ जिल्ला अधिवेसनको तयारी तीव्र रुपमा भईरहेको छ।

कालिकोटका सबै वडामा वडाको नेतृत्व सर्वसहमतिमा चयन गरिएको छ। पालिकामा समेत सर्व सहमतिको तयारी भैरहेको नेताहरुले बताइ रहेका छन्। पालिका, प्रदेश र जिल्लाको अधिवेशनको मिति नजिकिँदै गर्दा विभिन्न पदमा विभिन्न ब्यक्तिले आफ्नो उम्मेदवारी दिने क्रम चलिरहेको छ।

कालिकोट जिल्लाको कठिन अवस्थामा नेपाल विद्यार्थी संघको संस्थापक तथा पूर्वअध्यक्षसमेत रहेका अशोक योगीले आफूलाई प्रदेश ‘ख’ को सभापतिका रुपमा अघि सारेका छन्।

योगी राजनीतिका साथै लामो समय सञ्चार, मानवअधिकार र सामाजिक विकासको अभियानमासमेत सक्रिय छन्। सामाजिक संस्थाहरुको छाता संस्था प्रजातान्त्रिक गैह्रसरकारी संस्था महासंघको केन्द्रीय सदस्य, मध्यपश्चिम इन्चार्ज हँुदै हाल केन्द्रीय उपाध्यक्षसमेत रहेका योगी राष्ट्रियस्तरका बिभिन्न सञ्जालहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

एक सफल स्पष्ट र प्रखर वक्ताका रुपमासमेत परिचित योगी रेडियो नेपाली आवाज एफएमका संस्थापक अध्यक्षसमेत हुन्। कालिकोट जिल्लामा जिल्ला कार्य समिति सदस्यसमेत रहेका योगी नेपाली कांगे्रस केन्द्रीय खेलकुद विभागको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत बहन गरिरहेका छन्।

बिगतमा नेबिसंघको केन्द्रीय सदस्य हुने अवसर आउँदा अर्को हिमाली जिल्ला हुम्लालाई दिनु पर्छ भनेर प्रस्ताव गर्ने योगी क्याम्पस र विश्वविद्यालयमा विभिन्न नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका योगीलाई यस पटक पार्टीको जिम्मेवारी बहन गर्नका लागि प्रस्ताव गरिएको छ।
अग्रजहरुको सम्मान र युवाहरुको उचित व्यवस्थापन क्रियाशिलताका आधारमा नेता कार्यकर्ताको यथार्थ मुल्यांकन गरि नविनतम रुपमा उर्जाशिल कांग्रेस, संगठित र एकतावद्ध कांग्रेस बनाउनका लागि नयाँ विचारसहित युवा पुस्तालाई स्थापित गराउन युवाहरुको भरोसाको केन्द्र बनाउने र सबै अटाउने कांग्रेस बनाउन सबै जातजाति वर्ग क्षेत्रसँग समन्वय र सहकार्य गरेर नेताको सम्मान युवाहरुको व्यवस्थापन र कार्यकर्ताको संरक्षण गर्दै विपक्षीहरुका लागि कुशल संगठकको रुपमा युवा तथा बौद्धिक नेता योगी समन्वयकारी मियोको रुपमा काम गर्न सक्ने र द्धन्द्ध व्यवस्थापन संगठन व्यवस्थापन र क्षमता विकासका लागि र नयाँ विचार दिन सक्ने स्नातकोत्तर सकेर विद्यावारिधिको तयारीमा छन्।

योगीका आगीमा उद्देश्यहरु

हिन्दु धर्मको संरक्षणका एक राष्ट्रिय अभियन्ताका रुपमासमेत परिचित र स्थापित योगी बहुआयामिक र बहुप्रतिभाशाली प्रखर र स्पष्ट युवा नेता तथा सामाजिक अभियन्ताका रुपमा राष्टिय रुपमा परिचित छन्। नेता योगीको विभिन्न निकायसँग असल सम्बन्ध रहेको छ। स्थानीय पालिका र प्रदेश सभामा एक कार्यकाल दोश्रोमा कर्णाली प्रदेशमा पदाधिकारीसहित तेश्रो चरणमा केन्द्रमासमेत राजनीतिक पहुँच विस्तार गर्दै युवाहरुलाई नेतृत्व हस्तातरण र पुस्तान्तरण गर्दे संगठित र सबल जीवन्त कांग्रेस बनाउनका लागि आपत्तकालिन राहतलगायत विषेश दिर्धकालिन योजनाहरु सञ्चालनका लागि विषेश पहल गर्ने योजना छन्।

त्यस्तै प्रदेश ‘ख’ का ५ वटा पालिकाका ४५ वडामा संगठन निर्माणको विषेश योजना दुई महिनाको १ पटक अनिवार्य पदाधिकारीसहितको मोबाईल बैठक, गुनासा सुनुवाई संयन्त्र निर्माण क्रियाशिल प्राप्त गर्न नसकेका लागि क्रियाशिल सदस्यता वितरण गर्ने, नेपाल शिक्षक संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, नेपाल दलित संघलगायत सबै भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेश गर्ने, पुर्नगठनलगायतका कार्यहरु संचालन गरि प्रदेश निर्वाचन क्षेत्र समन्वय परिचालन सम्पर्क कार्यालय स्थापना गर्ने, डिजिटल माध्ययमबाट कार्यालयलाई व्यवस्थित गर्ने प्रविधि मैत्री पार्टी बनाउने योजना रहेका छन्।

वडा र पालिकाका आधारमा आएका सिफारिसलाई प्रक्रिया लिने र समान अवसरका लागि पहल गर्ने, द्धन्द्ध प्रभाबित र पीडित कांग्रेस परिवारको थप पहिचान गरि उचित राहत र व्यवस्थापनका लागि सम्बन्धित निकायमा विषेश पहल गरि विषेश राहत प्याकेज सञ्चालन गने, अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने नेताहरुको विधानको परिधीभित्र रहि उचित सम्मान र व्यवस्थापन गर्ने, ५ वर्षे नेपाली कांग्रेस संगठित र सुदृढीकरण कार्ययोजना निर्माण र वार्षिक रूपमा समिक्षासहित पुनरालोकन गर्ने, परिपाटीको विकास गर्ने, म होइन, हामी र हाम्रा होइन, राम्राका लागि र पीडितका लागि अवसर प्रदान गर्ने एक व्यक्ति, एक पदको अवधारणा विकास गर्नेलगायतका थुप्रै योजना रहेका छन्।

सबै अट्ने कांग्रेस र सधैं खट्ने संगठन निर्माणका लागि सभापति

लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुनु स्वभाविक हो। तर, निकट भविष्यमा हुने स्थानीय, संघीय र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेस पाटीलाई एकतावद्ध बनाएर जिताउने र भाँचिएका र कुडिएका मन मिलाउने महान अवसरका रूपमा अधिवेशनलाई लिनुपर्ने र अन्तिम समयसम्म सहमतिको प्रयास गरिने जिल्ला भरि नै सहमति गरेर एकताको सन्देश दिएमा जस्तो सुकै महागठबन्धन गरे पनि नेपाली कांग्रेसलाई पराजित गर्न नसक्ने हुँदा सहमतिको प्रस्ताव गरिएको नेताहरु बताउछन्।

नेपाली कांग्रेस पार्टीको विद्यानले सबै नेतालाई अटाउन सक्ने क्षमताअनुसार जिम्मेवारी लिन र दिन सकिने हुँदा पालिका, प्रदेश र जिल्ला तहमै सहमतिको प्रवल सम्भाबना रहेको र सहमतिका लागि समितिहरु गर्ने प्रयास थालिएको छ।

नेता योगीले सबै अट्ने कांग्रेस र सधैं खट्ने संगठन निर्माणका लागि एक कार्यकाल आफ्नो अनुभव र सिकाइलाई बलियो कांग्रेस बनाउन सबैको सहयोगबाट एक कार्यकाल प्रदेश ‘ख’ को सभापति भएर काम गर्न अवसर पाउने विश्वासमा छन्। योगी भन्छन्, ‘यदि त्यसो भएन भने प्रदेश महाअधिबेशन प्रतिनिधीसहित कर्णाली प्रदेश पदाधिकारीमा प्रतिष्पर्धा गर्ने तयारीमा छु। तर, अधिकांशले जिल्लाको प्रदेश ‘ख’ को नेतृत्व लिनका लागि आग्रह गरिरहेको अवस्था छ।’