अनेरास्ववियुको अध्यक्षमा बराल



काठमाडौँ। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन्।

शनिबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकले नेता बराललाई संगठनको अध्यक्ष चयन गरेको हो। त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन्।

अध्यक्ष ऐन महरसहित पदाधिकारीका नेताहरु विद्यार्थी संगठनबाट विदा लिएका छन्।