थाहा नगरका सबै वडामा सर्वसम्वत नेतृत्व चयन



मकवानपुर। जिल्लाको थाहा नगरपालिकाका १२ वटै वडामा नेपाली कांग्रेसको वडा अधिवेसन सम्पन्न भएको छ।

नगरका १२ वटै वडामा आइतबार एक साथ वडा समिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरेको छ। अधिवेसनबाट नगरको वडा सभापतिहरुमा क्रमशः १ रुपचन गोपाली, २ गोकर्ण बरुवाल, ३ बिक्रम गोपाली, ४ श्री कृष्ण केसी, ५ सन्तबाहादुर गुरुङ, ६ कालिचरण अधिकारी, ७ शिवराज थिङ, ८ रामकुमार घलान, ९ राजेन्द्र खत्री, १० कुलचन्द्र अर्याल, ११ चिनकुमार गोले र १२ उरवन लामा तामाङ सर्वसम्वत चयन भएका छन्।

अधिवेशनबाट कांग्रेसको विधानअनुसार नगरका १२ वटै वडामा सभापतिसहित उप सभापति, सचिव र सहसचिव २÷२ जना र कोषध्यक्ष १ मनोनित गरि समावेशी र आरक्षणसहित २७/२७ सदस्यीय वडा समिति चयन भएकोे छ।

प्रत्येक वडाबाट वडाहरुले १५ देखि २१ जना क्षेत्रीय प्रतिनिधि चयन गरेको नेपाली कांग्रेसका नेता तथा ६ नं वडाबाट प्रतिनिधि चयन भएका प्रमोद जोशीले जानकारी दिएका छन्।