नेकपा एकीकृतको राष्ट्रियसभा संसदीय दलको नेतामा भुसाल



काठमाडौँ। नव गठित नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो। एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादीको राष्ट्रियसभा ७ सांसद छन्।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन्। आइतबार बसेको नेकपा९एकीकृत समाजवादी०को संसदीय दलको बैठकले नेपाललाई नेता चयन गरेको हो। नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा २३ सांसद छन्।

बुधरबार निर्वाचन आयोगले एकीकृत समाजवादीको दलको मान्यता पाएको हो। शुक्रबार आयोगले एकीकृत समाजवादीका २३ सांसदको नाम संसद सचिवालयमा पठाएको थियो।

यसैबीच एकीकृत संसदीय दलको राष्ट्रिय सभामा संसदीय दलका नेतामा बेदुराम भुसाल चयन भएका छन्। एकीकृत समाजवादीका राष्ट्रिय सभामा ७ सांसद छन्।