मकवानपुर-काठमाडौँ सम्पर्क समितिको ‘सम्पर्क दर्पण २०७८’ विमोचन



काठमाडौँ। नेपाली काङ्ग्रेस मकवानपुर-काठमाडौँ सम्पर्क समितिद्वारा, सम्पर्क दर्पण २०७८ विमोचन गरिएको छ।

कार्यक्रमको सभापतिमा पुरुषोत्तम ठकुरी, प्रमुख अथिति सहमहामन्त्री डा.प्रकाशशरण महत रहेका थिए। त्यस्तै विशिष्ट अथिति कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, बागमती प्रदेश संसदीय दलका नेता तथा नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ रहेक थिए।

कांग्रेस मुख्यालय सानेपामा शनिबार आयोजना गरेको कार्यक्रममा मकवानपुर कांग्रेस पार्टी जिल्ला सल्लाहकार मकवानपुर उमा दहाल, महासमिति सदस्य जयराम लामिछाने, उदयमोहन श्रेष्ठ, महासमिति सदस्य रमेश रौनियार, नेपाली कांग्रेस नेता तथा पेट्रोलियम डिलर्स एसोसिएसन बागमती प्रदेश सचिव विष्णु कुमार खड्का कमल, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व केन्द्रीय उपाध्यक्ष सोमप्रसाद गर्तौलाको उपस्थिति रहेको थियो।