कांग्रेस ८, माओवादी र जसपाको भागमा ७/७ मन्त्रालय



काठमाडौँ। सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डाको काम सकेको जनाएको छ।

एमालेको माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन्।

बिहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनेगरि प्रारम्भिक खाका तयार पारिएको बुझिएको छ।

कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ। यस्तै, जसपा कार्यकारिणी समिति बैठक पनि सुरु भएको छ। गठबन्धनको बैठक सकेर जसपा शीर्ष नेताहरु पार्टीको बैठकमा पुगिसकेका छन्।त्यस्तै जनमोर्चाले यसअघि नै सरकारमा सहभागि नहुने बताइसेकेको छ।