२० प्रतिशत छुटमा वीरेन्द्रनगर डेन्टल केयर होमले उपचार गर्दै



सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेकाे वीरेन्द्रनगर डेण्टल केयर होमले २० प्रतिशत छुटमा दात मुख सम्बन्धि रोगको उपचार गरिरहेको जनाएको छ।

सञ्चालक पुष्प शाहीका अनुसार कन्सलटेन्ट अर्थोडोन्टिष्ट डा. प्रकाश भडेलबाट हरेक दिन बिहान ९ बजेदेखी साझ ६ बजेसम्म बच्चा अवस्थादेखी नै बाङ्गोटेडो भएको दाँत तथा मुखसम्बन्धी उपचार गरिने गरेको छ।

सञ्चालक शाही भन्छन्, ‘कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा रहेको हाम्रो क्लिनिकमा बरिष्ट कन्सलट्याण्ट डा.बाट दात तथा मुख सम्बन्धि गुणस्तरीय सेवा सुचारु भ‌रहेको छ। प्रदेश अस्पतालमा दात सम्बन्धी कन्लसट्याण्ट डा.को दरबन्दी भएपनि पदपुर्ति हुन सकेको छैन। निजि क्षेत्रबाट सञ्चालित टेन्टलहरुको साहरामा बिरामीहरुले सेवा लिनु परिहेको छ।’

उनले अगाडि भने, ‘कर्णाली प्रदेशसँगै छिमेकी जिल्लाहरुबाट पनि वीरेन्द्रनगर डेण्टल केयर होममा पुगेर सेवा लिइरहनुभएको छ। निजि लगानिमा कन्सलट्याण्ट डा.राखेर कर्णाली बासीको समस्यालाई समाधान गर्ने क्रम जारी छ। दात मुखसम्बन्धि समस्या भएका बिरामीहरुले नेपालगञ्ज र काठमाडौँ धाउनु पर्ने समस्या सुर्खेतमै समधान हुनेछ।’