माओवादी र एमाले परित्याग गरी १३ जना कांग्रेसमा प्रवेश



जुम्ला। माओवादी केन्द्र र नेकपा एमाले परित्याग गरि जुम्लामा १३ जना कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेस हिमा गाउँपालिका वडान ६ पार्टी कार्यालय उद्रघाटन कार्यक्रमका अवसरमा उनीहरुले कांग्रेस प्रवेश गरेका हुन्।

यसरी कांग्रेस प्रवेश गर्नेम हिमा गाँउपालिका वडा नं ६ निवासी मोहोन कार्की, धनबहादुर कार्की, दुर्ग शाही, धर्मराज शाही, सुनिल बुढा, जुवारा शाही, धर्मेन्द्र अधिकारी ,कमल शाही, कृषन बहादुर शाही, दानकला शाही, धनबहादुर शाही, गजेन्द्र शाहीलगायत व्यक्तिहरुले कांग्रेसमा प्रवेश गरेका हुन्।

पार्टी सभापति दिप शाही, कोषाध्यक्ष कालिबहादुर बुढा, प्रतिनिधिसभा उम्मेद्धार देवेन्द्रबाहुर शाही, युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाही लगायतका नेताहरुलले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए।