उपाधिका लागि इंग्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा



काठमाडौँ। युरो २०२० को उपाधिका लागि इंग्ल्यान्ड र इटालीबीच आइतबार राति प्रतिस्पर्धा हुँदैछ। खेल लन्डनस्थित वेम्बली रंगशालामा राति १२ः४५ बजे सुरू हुनेछ।

इंग्लिस पहिलो पटक युरोको फाइनलमा प्रतिस्पर्धा गर्दैछ। यस्तै मुख्य प्रतियोगितामा इंग्ल्यान्डले ५५ वर्षपछि फाइनल खेल्न लागेको हो। यसअघि इंग्ल्यान्डले पाँच सेमिफाइनलमा हार बेहोरेको थियो।

युरो १९६८ र १९९६ तथा विश्वकप १९९० र २०१८ को सेमिफाइनल पुगेर पनि इंग्ल्यान्ड पराजित भएको थियो। यस्तै सन् २०१९ को नेसन्स लिगको सेमिफाइनलमा पनि इंग्ल्यान्ड पराजित भएको थियो।

त्यसअघि इंग्ल्यान्डले १९६६ मा विश्वकप जितेको थियो। यो नै इंग्ल्यान्डको पहिलो र एक मात्र प्रतियोगिताको उपाधि हो। इटालीले पहिलो पटक १९६८ मा युरोको उपाधि जितेको थियो। सन् २००० र २०१२ को फाइनल पुगे पनि इटाली उपाधि जित्न असफल भएको थियो।

चार पटकको विश्वकप विजेता इटालीले पछिल्लो पटक सन् २००६ मा विश्वकप जितेको थियो। पछिल्लो समय उत्कृष्ट लयमा देखिएको इटाली पछिल्ला ३३ खेलमा अपराजित छ भने पछिल्ला १३ खेलमा विजयी छ।

युरो २०२० को सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। सो खेलमा सोचेअनुरूप खेल्न नसके पनि इटाली दबाबमा भने देखिएको थिएन। इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कमाथि २(१ को जित निकालेर फाइनलमा स्थान बनाएको हो।