पार्टी एकताको जिम्मा आफूलाई दिन वामदेवको प्रस्ताव



काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूलाई पार्टी एकताको जिम्मा दिन पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव गरेका छन्।

शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका गौतमले आफू पार्टीमा फर्किसकेको र अब कतै नलागेर पार्टी एकताका लागि पहल गर्नुपर्नेमा जोड दिए। बृहत् कम्युनिस्ट एकताका लागि माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकै ठाउँमा ल्याउनुपर्ने उनको भनाइ छ।

शुक्रबार बालुवाटारमा बसेको बैठकले खनाल–नेपाल पक्षलाई राष्ट्रपति समक्ष बुझाएको हस्ताक्षर फिर्ता लिनका लागि सोमबार साँझ पाँच बजेसम्मको समय दिएको छ। बैठकमा अध्यक्ष ओलीले माधवकुमार नेपाललाई आफूले बिहीबार साँझ फोन गरेको तर नेपालले कुरा गर्नै नमानेको जानकारी दिए।