राजेन्द्र महतोले महन्तको साथ छोडे



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा दुई कित्ता बनेको जनता समाजवादी पार्टी (जसपा) अन्ततः विभाजनको डिलबाट जोगिएने देखिएको छ।

पार्टीका वरिष्ठ नेताहरु केपी ओलीलाई समर्थन नगर्ने निचोडमा पुगेपछि जसपाभित्रको शक्ति सन्तुलनमा फेरबदल आएको छ।

महन्थ ठाकुरलाई साथ दिँदै आएका राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादवसमेत केपी ओलीलाई समर्थन नगर्ने भन्दै ठाकुरको हस्ताक्षर अभियानबाट अलग्गिएका छन्। महतो, भण्डारी र यादवले महन्थको साथ छाडेपछि उनीसँग अब ४/५ जना मात्रै सांसदहरु रहेको जसपाका नेताहरु बताउँछन्।

अब ठाकुरले मात्रै केपी ओलीलाई सघाएर ओलीको बहुमत नपुग्ने भएको छ भने जसपालाई विभाजन गराउने ओलीको योजना पनि अब साकार नहुने नेताहरुको भनाइ छ।