छाउपडी प्रथा अन्त्य र युवाको भूमिका



काठमाडौं। कसरी देवता बिगि्न्छन ? देवता मान्छेको भलाई गरोस भनी पुजिने होइन र ? जसले सधै राम्रो र भलाईको बारेमा मात्र सिकाउछ ती देवताले मान्छेले गरेका गल्ति सुधार गर्न पर्ने होइन ? होइन भने घटिया हुन्छन् देवताहरु ? जुन रामानुजले ईश्वरको साकार रुपका बारेमा बोले त्यसपछि ईश्वरको मुर्ति बनाउने र पुज्ने परम्पराको बिकास गरे।

त्यसो भए भगवान अर्थात ईश्वरले मान्छे बनायो वा मान्छेले ईश्वरको निर्माण गर्यो एकपल्ट प्रश्न गर्ने समय आयको छ। अब प्रश्न गर्न आबश्यक किन छ भने अहिलेका महिला प्राज्ञिक छन् । सबैलाई राम्ररी थाहा छ कि माहिला छाउ कसरी हुन्छन् । छाउ भयको रगत देखेर नछुने पुरुषलाई उनले प्रश्न गर्न सक्नुपर्छ।

यदि महिला मासिक रजस्वला भएन भने के हुन्छ होला ? सुत्केरीले स्वस्थ जिबनको लागी पोषण युक्त खानेकुरा , सेवा सुबिधा पाएन भने कस्तो होला जिबन ? हाम्रो कति गलत मानसिकता छ जन्मिने प्राणी चाहिँ चोखो हुने तर त्यो रगत अपबित्र हुन्छ । यस्तो सबै अशिक्षा र असुबिधा भएरै हाम्रो समाजमा यस्ता कुरिती र अन्धबिस्वासको जन्म भएको हो।

छाउ हुदा छुनु हुदैन भन्य कुरा जसलाई सिकाइयो तर किन छुनु हुदैन ? छोए के हुन्छ ? यो प्रश्न गर्ने कसैले आजसम्म आट नगर्नु हाम्रो दुर्भाग्य हो । अबका महिलाले यो पनि सोच्न पर्ने भयको छ कि हामिलाई पानीबाट छि:छि दुर दुर गरिन्छ भने त्यही धर्तीको खोलामा नुहाउन हुने छुट्टै धारा , कुवा पबित्र भए ? अपबित्र हुने भए खोलाको पानीमा नि हुनुपर्छ । नत्र यो सब बकवास हो।

धर्ती सबैको साझा थलो हो यहाँ हरेकले सम्मान पाउनु पर्छ । सम्मान पुर्बक बाच्न पाउनु नै मानव अधिकार हो भने यसरी हरेक पल्ट छाउपडी प्रथाको नाममा छाउगोटमा सरस्वती ,लक्ष्मी, र पार्बतीहरुले अकालमै ज्यान गुमाउनु पर्ने अबस्था अब फेरि नआहोस ।

छाउको उन्मुलन र सहजिकरणमा अपनाउनु पर्ने कुराहरु:

१) छाउपडी अन्त्यका लागि गोठ भत्काउनु भन्दा समाजको अन्धबिश्वास र कुरितीलाई पहिला हटाउनु पर्छ ।

२) महिला माथी हुने चरम विभेद र निकुष्ठ व्यवहारमा परिवर्तन आउनु जरुरी छ ।

३) छाउपडी अन्त्यका लागि खटिएका केही संस्थाहरुले शहरतिर मात्र नभयर बिशेष छाउपडी कुप्रथामा अड्डियका ती समाजमा गयर अनुसन्धान अनुगमन गरि जनचेतना दिलाउनुका साथै स्वास्थ्य र शिक्षा निशुल्क गरि रोजगारको ग्यारेन्टी गर्न जरुरत छ ।

४) हाम्रो शिक्षा प्रणालीलाई परिक्षामुखी मात्र नबनाई, जिबनसङ्ग जोडेर अध्ययन /अध्यापन गराउनु पर्छ।

५) सामाजिक कुसंस्कार र कुप्रथा हटाउन टोल , गाउँ र वस्तिसम्म नागरिक समाजसमेतको समन्वय र सहभागीतामा अभियानको पाटो बनाउनु पर्छ ।

६) पण्डित र धामी झाक्री बिच कानुनी ब्यबस्थाको जानकारी गराउदै सोही अनुसार गर्न हुने नहुने यसैको अभियान चलाउनु पर्छ ।

७) यस अभियानको सफलताका लागी महिनावारी हुने सामाजिक लज्जाको बिषय होइन भन्य कुरा स्थापित गर्न परिवारदेखी समुदायका स्थानसम्म यस बिषयमा सहज कुराकानीको बाताबरण बनाउन जरुरत छ ।

छाउपडी प्रथा गैरकानुनी भएता पनि पहाडी भेगमा अझै हटेको छैन । यो समस्या हटाउन स्थानीय सरकारले वास्त नगरेको कारण हट्न नसकेको स्थानीय महिलाको आरोप छ। यस्ता परम्परा प्राचीन देखि चल्दै आएको र कुसंस्कार , अन्धविश्वास लाई हटाउन त्यहाँका महिलाहरु तयार भएपनि धामीझाँक्री, देवीदेवता र मुख्य घरका परिवारको डरले छोड्न सकेको छैनन्।

घरपरिवारको डरले आमाहरूले मान्ने र त्यही अपनाएको देखेर छोरिहरुले नि नचाहादा नचाहादै अपनाइरहेकी छिन । यो छाउपडी प्रथा उलमुलनका लागी बेला मौकामा र आंशिक रुपमा संचालन गरेर पुग्दैन भनी युवा विद्यार्थीले अध्ययन प्रतिष्ठान मार्फत समाजका विभिन्न विकृति विसंगति, छुवाछूत जस्ता परम्परागत रुढीबादी अन्धविश्वासहरु अन्त्य गरि नैतिकवान र क्षमतावान नागरिक बनाउने लक्ष्य रहेको छ।

भने स्वास्थ्य उपचार, जीवन उपयोगी शिक्षा सिकाइ सम्पुर्ण नागरिक लाई जनचेतना जगाई दीर्घकालीन आर्थिक , सामाजिक र राजनीतिक रूपमा ससक्त बनाउन अघि बढ्न आजको आवश्यकता रहेको छ।