गलत बाटो हिडेर गन्तव्यमा पुगिदैन: महासचिव विप्लव



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले क्रान्तिको बाटो बिराएका कारण प्रचण्ड-बाबुरामहरुसँगको साथ छुटेको बताएका छन्।

बुधबार एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा विप्लवले क्रान्तिलाई बिचमै छोडेर तत्कालिन नेतृत्वले बाटो बिराएका कारण आफूहरुले विद्रोह गर्न पुगेको बताएका छन्।

जनताहरुले जहिले पनि साथ दिएको तर, नेतृत्वहरु असफल भएको स्वीकार गरेका छन्। जनतासँग नेतृत्वले जे माग्यो त्यहि पाएको र नेतृत्वले जनतालाई केही नदिएको विप्लवको भनाई छ। महासचिव विप्लवले संसदीय व्यवस्थाकै कारण आजको दिन आएको दाबी छ।

उनले भनेका छन्, ‘आजको सत्तामा जो पुगेपनि हुने यहि हो। यस अराजकतालाई अन्त्य गर्न जनमत गरिनुपर्छ। संसदीय व्यवस्था या वैज्ञानिक समाजवाद? यस्ता विषयमा सरकार तयार छ भने हामी तयार छौं’