शीर्षक: ‘तिम्रा सोख र स्वार्थले यहाँ न्याय लिलाम भयो’
खुसी खोज्दै हिड्नेले यहाँ बाटो बिरायछ,
नजर तिम्रो कहिले त्यता गएन
जहाँ बिहान बेलुका
दुई छाक टार्न गरिब मानिस रोहीरहेछ।
के गर्छौ तिमी करोडौंको महलमा बसेर?
खुसी हुन त्यहीबाट सिक, जहाँ
बेसाहारा बालक पाउँरोटीसँग
पानी पिउदै हाँसीरहेछ।
न्याय, कानुन, इज्जत पैसामा
लिलाम हुने समय आयो,
हेरन हेर दुष्ट मनुवा हो,
ब्वासा हरुले कलिला चेलीहरु
नङ्गाउदै कपडा च्यातीरहेछ।
सत्य बोल्दैनौं तिमी
जतिबेला तिम्रो मुख पैसाले टालीन्छ,
किन यति मौन छौ पापी हो,
जब पिडितको आत्माले लोकमा हाँसो खोजीरहेछ।
घामले प्रकाश सबैलाई बराबर दियो,
जुनले ऊज्यालो दियो,
न्याय किन पैसामा बिक्री भयो,
जहाँ निर्मला पन्तको नाङ्गो शरीरले कपडा खोजीरहेछ।
नेताले कुर्सी हेरे जनता हेरेनन्,
कर्मचारी ले कमिसन हेरे काम हरेनन,
आश तिमी केको गर्छौ,
जब सुख्खामा छट्पटी रहेको
माछाले पानी खोजीरहेछ।
हरियाली प्रकृतिको सान सम्झन्छु
सगरमाथा, नेपालीको स्वाभिमान सम्झन्छु,
कस्तो दुष्ट छिमेकी पर्यो दैव,
मैले मह काढ्य तर, हात उसले चाटीरहेछ।
गरिबले माम पाएन, युवाले काम पाएन,
मजदुरले दाम पाएन, किसानले मल पाएन,
जब देश माहामारीमा रुदै गर्दा सरकार कुर्सी मिलाइरहेछ।
अब युवा अघी बढौ, नेताको अनुहार पढौ,
नियम कानुन न्याय सबैलाई समान हुनुपर्छ,
यहाँ सत्ता, पैसा र पावरको आडमा बलात्कारी भागिरहेछ।