बादललाई कालिकोटमा प्रश्न, ‘निर्मलाको बलात्कारी र हत्यारा खोई?’



कालिकोट। नेकपा (प्रचण्ड-नेपाल’ समूहले सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कालिकोटमा कालो झण्डा, कालो बेलुन र टायर बालेर विरोध गरेको छ। राष्ट्रिय युवा संघ र अनेरास्ववियूका नेता कार्यकर्ताहरुले निर्मला पन्तका हत्यारा खोई’ भन्दै प्रश्न गरेका छन्।

प्रधानमन्त्री केपी ओली पक्षीय नेतासमेत रहेका गृहमन्त्री बादल कालिकोटमा आयोजित जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्नका लागि सोमबार सदमुकाम मान्न पुगेका छन्। ओली पक्षका नेता तथा कार्यकर्ताहरु जिल्लामा आएका छन्।

गत पुस ५ गते प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलिभगमा संसद विघटन भएपछि प्रचण्ड-नेपाल पक्ष नेकपा आन्दोलित बनेको छ। सोमबार बसेको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो।

कार्यक्रमअनुसार १३ गते काठमाडौंमा सिट्टी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, उक्त धर्नामा संविधानसभा सदस्य, संघीय सांसदका सदस्य र प्रदेशसभा सदस्यसमेत सहभागी हुनेछन्।

त्यस्तै १५ गते बुटवल, १६ गते बिराटनगर र १७ गते धनगढीमा आयोजित भेलालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने, २२ गते काठमाडौँमा युवा ¥याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौँमा वृहत विरोध प्रदर्शन गरिने बताइएको छ।

प्रचण्ड–समूहले ९ गते पनि काठमाडौंमा विशाल प्रदर्शन गरेको थियो। २८ माघमा हुने प्रदर्शन अझ ठूलो हुने र सिंगो देशलाई काठमाडौँमा उतार्ने तयारी छ।