कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान सम्मानित



जुम्ला। जुम्लास्थित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान सम्मानित भएको छ।

बिहिबार कर्णाली प्रदेशको, प्रदेश स्वास्थ्य निर्देशनालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई सम्मान गरेको हो। प्रतिष्ठानले प्रदेशको स्वास्थ्य प्रणाली सुदृढीकरण गरी नागरिकको स्वास्थ्य अवस्था सुधारमा योगदान गरेबापत प्रदेश निर्देशनालयले सम्मान गरेको हो।

अस्पताल निर्देशक डा.मंगल रावलका अनुसार प्रतिष्ठानले कोरोना महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको योगदानको कदर स्वरुप सम्मान गरेको हो।

निर्देशक रावलले प्रतिष्ठान सम्मानित हुँदा खुशी व्यक्त गरेका छन्। कर्णाली प्रदेशका १३ अस्पताल तर्फ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौहरजहारी अस्पताल रुकुमलाई निर्देशनालयले सम्मान गरेको जनाएको छ।