‘हेम एण्ड माया फाउण्डेशन’ ले न्यानो कपडा वितरण गर्ने



काठमाडौँ। समाजसेवामा समर्पित सामाजिक संस्था ‘हेम एण्ड माया फाउण्डेशन’ ले जाडो मौसमलाई ध्यानमा राखेर न्यानो कपडा वितरण गर्ने भएको छ।

फाउण्डेशनका अध्यक्ष हेम थापाका अनुसार चिसोको मौसम सुरु भएसँगै खासगरी नेपालको तराईं र हिमाली जिल्लामा बस्ने गरिब विपन्नहरुलाई न्यानोका कपडाहरु वितरण गरिने छ। जाडो र सितलहरका कारण ज्यान गुमाउनु पर्ने अवस्था र्सिजना हुँने भएकाले कम्तिमा एक हजार पाँच सय कम्बल र ८ देखि १० लाखसम्मका लत्ता कपडा वितरण गरिने अध्यक्ष थापा बताउछन्।

अध्यक्ष थापाले सामाजिक सञ्जाल फेशबुकमार्फत उक्त अभियान सञ्चालन गरिएकाे कर्णाली सन्देशलाई जानकारी दिएका छन्। साथै फाउण्डेशनमा आवद्ध तथा विश्वका विभिन्न देशमा रहेका नेपालीहरुले ‘हेम एण्ड माया फाउण्डेशन’ मार्फत सहयोग गर्ने प्रतिवद्धतासमेत प्रकट गरेको अध्यक्ष थापाको भनाई छ।

साथै नेपाली राजनीतिका बारेमा नजिकबाट नियली रहेका हेम थापाले सत्ता, सम्पत्ति र शक्तिको दुरुपयोग गर्ने नेताहरुलाई गरिब जनताहरुको जीवन रक्षा र देशको विकासमा इमान्दर भएर लाग्न अनुरोध गरेका छन्।