अध्यक्ष बमद्वारा जनधनको क्षतीप्रति दुःख व्यक्त



कालिकोट। निरन्तरको बाढी र पहिरोमा परी ज्यान गुमाएकाहरुप्रति पलाँता गापाका अध्यक्ष लक्ष्मण बमले दुःख व्यक्त गरेका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘साउन १५ को पहिरोमा परी गापा वडा नम्बर ८ का कलम रोकायसँगै जिल्लाभरी पहिरोमा परेर ठूलो जनधनको क्षती भएकोप्रति हामीलाई स्तब्ध बनाएको छ।’

साथै उनले कार्यविधि अनुरुप गापामा भएको जनधनको क्षतीमा सहयोग गरिने बताएका छन्। विज्ञप्तिमा भनिएको छ,‘मृतकप्रति श्रद्धाञ्जलीका साथै पीडित परिवारजनप्रति धैर्यताको कामना। विपद कार्यविधिअनुसार पीडितलाई राहत तथा सम्बोधन गरिने छ।’

laxman bam