ओली कम्युनिष्ट हुन योग्य मानिस नै होइन: वामदेव गौतम



काठमाडौँ। प्रधानमन्त्री केपी ओलीको चाहनालाई बल पुग्ने गरी मंगलबार ६ बुँदे प्रस्ताव अघि सारेका नेकपा उपाध्यक्ष वामदेव गौतम मंगलबार बालुवाटारमा प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकमा कडा रुपमा प्रस्तुत भएका थिए। बोलेका उपाध्यक्ष गौतमले यतिसम्मकी प्रधानमन्त्री ओलीलाई कम्युनिष्ट हुन योग्य मानिस नै नभएको समेत टिप्पणी गरेका थिए।

मंगलबारको बैठकमा गौतमले भनेका थिए, ‘पार्टी संकटको मुख्य कारक कमरेड केपी ओली नै हो। यति धेरै साथीहरुले योग्यता देखाउन सक्नुभएन, छोड्नुस् भन्दा पनि उहाँ तयार हुनुभएन। पार्टी विभाजनको खतरा देखा परेको छ। केपीबाट सरकार पनि चल्दैन, पार्टी पनि चल्दैन भनेर एक वर्षअघि मैले भन्दा माधवकुमार नेपालले अहिले हटाउने कुरा नगरौं। आलोचना गरौं, सुध्रिन समय दिउँ भन्नुभयो।’

स्थायी कमिटी बैठकमा गौतमले बोलेको अडियो रेकर्डमा भनेका छन्, ‘अहिले पार्टीमा यत्रो विरोध र आलोचना भएपछि उहाँ आफैंले छोड्नुपर्ने हो। तर, उहाँमा त्यो छोड्ने साहस छैन। उहाँमा आलोचना सुन्ने साहस छैन। उहाँ कम्युनिष्ट हुन योग्य मानिस नै होइन। यस्तो व्यक्ति बोकेका छौं, जसले हाम्रो काँधमा फोहोर मात्र गरेको छ। तर, अहिले तत्काल फाल्दा दुर्घटना हुने डर छ। हाम्रो पश्चिमतिर दुष्टदेखि दैवसमेत डराउँछन् भन्छन् । उहाँले पार्टी फुटाउन खोज्नुभएको छ। पार्टीलाई फुटबाट जोगाउनका लागि प्रधानमन्त्रीबाट अहिले नहटाऔं।’

केपी ओलीमाथि यति टिप्पणी गरिसकेपछि उपाध्यक्ष गौतमले पार्टीलाई बिग्रहबाट जोगाउन आफूले ६ बुँदे प्रस्ताव अघि सारेको स्थायी कमिटी सदस्यहरुलाई सुनाए। ओलीलाई प्रधानमन्त्रीबाट हटाए पार्टी फुट्ने भएकाले उक्त प्रस्तावअघि सारेको उनको तर्क थियो।

यस्तो खरो आलोचना गरेका गौतमलाई मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरे। गौतम निवासमै डिनर गरे। ओलीको साथमा महासचिव विष्णु पौडेल थिए। केही दिन पहिले इश्वर पोखरेल र शंकर पोखरेलले भेटेका थिए।

त्यसपछि गौतम नरम देखिएको टिप्पणीका बीच गौतमले ६ बुँदे प्रस्ताव ल्याएपछि ओली गौतम विवास पुगेका हुन्। उनलाई ओलीले आगामी महाधिवेशनपछि अध्यक्ष र प्रधानमन्त्री बनाउने आश्वासन दिएको र गौतमले त्यहि अनुसार खेमा परिर्वतन गरेको विश्लेषण हुन थालेका छन्।

यस्तो थियो ६ बुँदे प्रस्ताव