‘नारी बिनाको घर हुँदैन, नारीको भर हुँदैन’


भनिन्छ, ‘नारी बिनाको घर, घर हुँदैन।’ अर्को तर्फ पुरुषप्रधान समाजले भन्छ, ‘नारीको कुनै भर हुँदैन।’ यहाँनेरबाटै सुरु हुन्छ विरोधाभास सन्देशको सञ्चार। नारी बिना यो श्रृष्टि चल्दैन। यो कुरा समाजले बुझ्दा बुझ्दै पनी कति सजिलै भन्ने गर्छन कि ‘नारीको कुनै भर हुदैन।’

साँच्चिकै यो श्रृष्टिमा नारी नहुदिहुन् त तपाइ हाम्रो उत्पत्ति एकादेशको कथा जस्तै हुने थियो। न त्यो कथा लेख्ने मानिस हुने थियो, न पढ्ने। हामी एकछिन् सोचौ हाम्री आमा नभएको भए ? हाम्रो जन्म सम्भव थियो ? कदापि थिएन।

यस्तै प्रश्नले मलाई घोच्नेगर्छ। एउटा नारी आफू दुःखमा हुन्छिन् त्यति बेला कसैले उनको दुःख बुझ्दैनन्। जसरी पत्रपत्र मिलेर एउटा सिंगो फुल बनेको हुन्छ। उदाहरणका लागी मानौँ एउटा गुलाफलाई हेर्दा कति सुन्दर छ, दुनियाँ नै आकर्षित हुने गर्छन्। तर, यो थाहा हुदैन् कि बिचरा फूल कति काँडालाई छिचोल्दै गएर एउटा सुदर फूलमा परिणत हुन्छ। फूलसम्म पुग्दा त धेरै दुःख पिडा सहनु परेको थियो होला?

आजको पितृसत्तात्मक समाजले आमाको गर्भमा छोरीभ्रुर्ण हत्या गरिरहेकाे छ। यो समाजलाई छोरा चाहिने तरऽ छोरी नचाहिने? बुहारी चाहिने तर, भ्रुर्ण अवस्थामा छोरी भए तुहाई दिने ? यो कस्तो इच्छा हो ? यस्ता अपराधहरु समाज भइरहेका छन्। यसका बारेमा राज्य र अधिकारवादीहरुको के भूमिका रहन्छ ?

छोरीले छोरा जस्तै जन्मिन, बाँच्न पाउने ईच्छालाई आधा कोपिलामै निमोठिनु पर्ने? कतिसम्मको अपराध हो यो? कति निच सोच हो ? समाजले छोरीमाथि कति अपराध गर्न सकेको हो? मानौं यदि यस संसारमा जति पनि दम्पतिहरु छन्। सबैले छोरीलाई गर्भमै तुहाई दिने हो भने संसार कसरी चल्छ? पहिलो पुर्खामै यो श्रृष्टि समाप्त हुने थियो।

किन अपमान गर्छाैं। किन जन्मिन नपाउदै गर्भमै तुवाई दिन्छौ? किन उसको चरित्र हत्या गर्छौ? जब बच्चा जन्मिन्छ, एउटी आमालाई त्यो बच्चालाई हुर्काउन, स्याहार गर्न कति गाह्रो हुन्छ। घरदेखि समाजसम्म विभिन्न दुःख भोग्नु परेको हुन्छ।

अनि जब एउटा नारी किशोर अवस्थामा पुग्छिन्। महिनावारी हुन्छिन् तब उनलाई घरबाट अलग अर्थात छाउगोठमा बस्नुपर्ने बाध्यता अझै पनि हाम्रो समाजमा बिद्यमान छ। यसैगरी बलात्कृतको सिकार, बिहे गरि सकेपछि श्रीमान, सासु ससुरा सबैको अधिनमा चल्नुपर्ने यहि हो नारीको असली परिचय? घरपरिवार, समाजको नजरमा आफूलाई बचाउँन निकै गाह्रो हुने गर्छ।

एउटी नारीलाइ यस्तै कुराहरु सहेर पनि आफू र आफ्ना बालबच्चा, आफ्नो घर परिवारको खुशीको लागि देखावटी हाँस्नुपर्ने ?याे कस्तो बिडम्बना हाे नारीको ? किन सोच्दैन्। किन बुझ्दैन हाम्रो समाजले? निर्मला पन्त जस्ता थुप्रै नारीहरु बलत्कृत हुँदा खोइ त न्याय? खोई त सरकारले पीडितलाई न्याय दिलाएको? एउटा बच्चा आफ्नी आमाको कोखबाट जन्मिन छ। आमाको स्तनपान गरेर ठूलो हुन्छ।

हुर्किन्छ अनि त्यही बच्च ठूलो हुन्छ र बढ्छ। तब त्यही बच्चा एउटी नारीको त्यही बुबु र जुन ठाउँबाट आफ्नो जन्म भएको हुन्छ। त्यसैको लागी आर्कषित भई त्यही नारीमाथि कुदृष्टिलगाउँछ। उसको चरित्र हत्यागर्छ, प्यास मेटाउछ। अन्त्यमा मारेर छोडी दिन्छ। कति कायर बन्छन् होला यि पुरुस? कोपिलामै निमोठिन्छन्, फूलको कुरा गर्छौं। जानि जानि गल्ति गर्छौं मुलको कुरा गर्छौं। प्यासीहरु प्यासीएर, आउछन् यहाँ प्यास मेटाउछन् जान्छन्। मुलको कुरा गर्छौ।

लाग्छ अझै यस्तै हुने हो भने यो न्याय हराएको देशमा मान्छेले मान्छेलाई खान बेर लाउने छैनन्। न त आमालाई छाड्छन न त दिदी बैनि छाड्छन् बलातकारको सिकार बनाउछन्। नारी दुई अक्षरले बनेको छ। तर, यि दुई अक्षरले बनेकाे एउटा शब्दमा संसार अडेको छ। श्रृष्टि चलेको छ। अचम्मको छ नारीको बेदना, संसारलाई आफूमा अडाएर आफू सधै दुःखमा बाँच्छिन्।

महान छाै, तिमी नारी। म तिम्रो यो आँट, हिम्मतलाई सधै पूजागर्छु। म स्वयं नारी हुनुमा गर्वगर्छु। किनकी भोलिका दिनमा नयाँ सन्तती जन्मिने छन्। त्यसैले नारीलाई माया, ममता, सम्मान देउ, इज्जत गर, किनकी खुशी भइन् भने घरलाई स्वर्ग बनाउछिन्, यदि त्यही नारीको अपमान गर्छौं भने भोलि त्यही घर नर्क बन्नसक्छ्।

सम्मान गर्न सक्दैनौ भने अपमान पनि नगरनारीलाई चुलो चौकोमा मात्र सिमित राख्न खोज्ने पितृ सतात्मक हाबि भएको हाम्रो समाज र छोरीलाई सधै परिवारको जिम्मेवमरी भन्दा अन्य स्थानमा सफलता हात पमरेको नरुचाउनेहरुका लागि नारी एक गौरब बन्न लाएक छिन् भन्ने किन बुझ्दैनन्। नारी जुनसुकै चुनौतिलाई आत्मसाथ गरेर अगाडी बढ्छीन एक नारी।