क्वारेन्टाइनमा मृत्यु भएका युवामा कोरोना पोजेटिभ



सुर्खेत। दैलेखको दुल्लु नगरपालिका–११ का क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षिया युवकमा कोरोना पोजेटिभ देखिएको छ।

गत जेठ ७ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो।

जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताएका छन्।

कोरोना संक्रमणका कारणले मृत्यु भएका युवकको शव कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको नगर प्रमुख भण्डारीले जानकारी दिएका छन्।

भारतदेखि आएका कारण उनीसहितको टिमलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको थियो।