‘नेकपाका नेताहरुलाई मुलुकको समस्याबारे जानकारी छ जस्तो लाग्दैन्’



काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं विद्धान सांसद प्रदीप गिरीले सरकारले कसैलाई भोकै मर्न दिन्नौं भनेपनि अब भोकले मर्ने अवस्था आउन लागेको भन्दै सरकारलाई चेतावनी दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन्।

उनले भने(‘कविहरुले भनिसके, संवेदनशील मानिसहरुले भनिसके, नेताहरुले पनि भनिसके अब नेपालमा रोगले भन्दा भोकले मर्ने अवस्था आउँदैछ। यो सरकार, यो संयन्त्र, यो राज्यको सम्पूर्ण संयन्त्र त्यसप्रति पूर्ण उदासिन छ। भनिन्छ रक्सीको नशा त खाएपछि लाग्छ, पैसाको नशा पाएपछि लाग्छ, तर यो सत्ताको नशा भने गाएपछि लाग्दो रहेछ। सत्ताधारी पार्टीका नेताहरुलाई मुलुकको समस्याबारे जानकारी छ जस्तो मलाई लाग्दैन्।’

उनले आफ्नो ३० वर्षे लामो संसदीय कार्यकालमा वर्तमान सरकारले जस्तो यो गरिनेछ भनेर कहीँ आफूले नपढेको पनि जिकिर गरे । उनले भने, सरकारले यत्रो धेरै गरिनेछ लेखेको छ, यसैगरि गरिनेछ भनेर लेखिने हो भने गरिनेछ भनेको ठाउँमा मरिनेछ भनेर लेखिनुपर्छ केही दिनपछि।’