‘लकडाउन’भन्दा पहिलेको फोटोलाई लिएर चरित्र हत्या गरियो: सन्तोष मल्ल



कालिकोट। नेपाली कांग्रेस खाँडाचक्र नगरपालिका वडा नम्बर ८ का सभापती सन्तोष मल्लले आफूविरुद्ध केही सञ्चार माध्ययमले एकतर्फि समाचार प्रकाशन गरेको भन्दै सिर्जित भ्रममा नपर्न आग्रह गरेका छन्।

यहि चैत ९ गते १० जना मिलेर हिउँ खेल्न चुलि गएको बताउँदै सभापति मल्लले उक्त तस्बिरलाई लिएर चैत २४ गते ३०/४० जना लिएर लकडाउको उल्घंन गरेको भनेर समाचार आएको भन्दै उक्त भ्रममा नपर्ने स्पष्ट पारेका हुन्।

कर्णाली सन्देशसँग उनले भने, ‘म एउटा जिम्मेवारी मान्छे हुँ। यो समयमा के गर्नु हुन्छ के गर्नु हुँदैन ? भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। यतिखेर कोरानाबाटा म मात्र सुरक्षित रहनु मेरो जिम्मेवारी होइन। मलगायत मेरो वडाबासी सम्पुर्ण आमाबुबा दाजुभाइ दिदिबहिनीहरुलाई सुरक्षित राख्नु मेरो मुख्य जिम्मेवारी हो।’

उनले अगाडि भने, ‘मेरो ब्यक्तिगत तर्फबाट २ सय थान मास्क बाडेको छु। अनि निर्वाचित वडा अध्यक्ष आदिचन्द्र चौलागाईंको नेतृत्वमा मलगायत स्वास्थ्य इन्चार्ज दुर्गबहादुर बिक, जनप्रतिनिधि कृष्णबहादुर मल्लको टोलिले साबुन, मास्क, वितरण र तीन ३ ठाउँमा क्वारेन्टाइनको ब्यवस्थापन गरियो। जुन कुराहरुलाई सञ्चारमाध्ययमले स्थान दिएनन्। तर, चैत ९ गतको तस्बिरलाई लिएर चैत २४ गते एकतर्फि रुपमा समाचार प्रकाशन गर्नु सञ्चार माध्ययमकै दुरुपयोग हो।’

उनले भने, ‘व्यक्तिगत रिसिइभी र गलत सूचनालाइ आधार मानेर समाचारको सन्तुलनकारी सिद्धान्तलाई व्यवास्ता गरिनु निन्दनीय कार्य हो। हामीले विपन्नवर्ग र निम्न आयस्रोत भएका, दलित समुदायको घरमा पुगेर उनीहरुको अवस्थाबारे जानकारी लिने र सहयोग गर्ने गरिरहेका छौं।

समाजप्रति सकारात्मक सोच बोकेका युवा साथीहरू मिलेको देख्न नसक्नेरुले यस्ता भ्रम फैलाउन कोसिस गरिरहेका छन्। हाम्रा बारेमा अरु खोट लगाउने कुरा केही नपाएपछि हिउँ खेल्न गएको फोटोको भरमा हाम्रो चरीत्र हत्या गरियो। त्यो पनि लकडाउनभन्दा पहिलाको फोटो अनि हाम्रो कुनै प्रतिक्रिया नलिएर एकतर्फि समाचार प्रकाशित हुनुलाई स्वभाविक मान्न सकिदैन।’