कोरोना फैलिन नदिन काठमाडौँमा ‘डिसइन्फेक्सन स्प्रे’ (फोटो फिचर)



काठमाडौँ। सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन काठमाडौँ महानगरले कीटनाशक औषधि छर्किने कामलाई तीब्र बनाएको छ।

यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरे । तीनवटामध्ये एउटा बबरमहल ,बानेश्वर, तीनकुने, सिनामंगल क्षेत्रमा खटिएको थियो भने अर्को जमल, लाजिम्पाट, पानीपोखरीहुँदै महाराजगञ्ज् क्षेत्रसम्म पुगेको थियो।

अर्कोलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको थियो। नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार आज दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट््याङ्कर परिचालन गरिनेछन्।

४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने आजको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ। बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको उहाँको भनाइ छ।

हिजो वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटाणुशोधन-निस्संक्रामक औषधी छर्किएको थियो। यससँगै बु्रमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको छ।

तस्बिर मुकुन्द कालिकोटे­/विनोद कटुवाल