कोरोनासंक्रमणबारे झुटो प्रचार गर्ने एक युवक पक्राउ



काठमाडौँ। कोरोना भाइरसको संक्रमणबारे अनर्गल प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो।

उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तर, अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका थिए।