‘प्रचण्डले वर्ग संघर्षको भाषण गरेपछि जुत्ता हानेको हुँ’ (भिडियोसहित)



काठमाडौँ। प्रचण्डलाई जुत्ता हानेको अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवाले नेकपा अध्यक्ष प्रचण्डले गरेको वर्गसंघर्षको कुराले आफूलाई आक्रोशित बनाएको बताएका छन्।

आइतबार राष्ट्रियसभामा आयोजित एक कार्यक्रमकै बीच उनले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए। तर, प्रचण्डलाई उनले प्रहार गरेको जुत्ता भने लागेन।

प्रहरी नियन्त्रणमा रहेका उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले भाषणको क्रममा गरेको बर्गसंघर्षको कुरा आफूलाई चित्तै नबुझेको बताए। उनले यही आवेगमा प्रचण्डमाथि जुत्ता हानेको प्रतिक्रिया दिए। उनलाई अहिले महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ।