कृष्ण समीपको ‘चल न माया चल’ (भिडियोसहित)



काठमाडौँ। सञ्चारकर्मी तथा गायक कृष्ण समीप सुवेदीले सात वर्षपछि नयाँ गीत सार्वजनिक गरेका छन्। फिरिरी पात उडेर पर्यो पोखरीमा, तिम्रो माया कहाँ पर्यो दिलको टोकरीमा, ‘चल न माया चल’ बोलको गीत बजारमा आएको छ। ‘चलन माया चल’ बोलको गीतको म्युजिक भिडियो समिपकै युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको छ।

उक्त गीतमा नयाँ प्रयोग गरेको समीपको भनाई छ। त्यसै कारण पनि यसपाली देउडा शब्दहरु रोजेका छन्। गीतको सङ्गीत संयोजन, भाका निर्माण तथा शव्दमा केही नयाँ र लोक पन समावेश गरिएको समिपले बताएका छन्।

शब्द तथा संगीत गायक स्वयंको रहेको छ भने स्वरमा गायिका कृष्ण खनालले साथ दिएकी छन्। सङ्गीत संयोजन आशिष अबिरलको रहेको गीत राग स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियोमा टिकटकमा चर्चित सुन्दर एसडिएस ‘लास्ट किङ्ग’ र जुना सुन्दासको अभिनय रहेको छ। भिडियोलाई सन्तोष राजबाहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन तथा कलर करेक्शन रहेको छ।