माइला लामासहित ४ जना पक्राउ



काठमाडौँ। ललितपुरको नख्खु विष्फोट प्रकरणमा मुद्दा चलाइएका विप्लव समूहका तत्कालीन उपत्यका ब्युरो इञ्चार्ज माइला लामासहित ४ जनालाई छाड्न पाटन उच्च अदालतले आदेश दिएको छ। तर, प्रहरीले चारै जनालाई पुनः पक्राउ गरेको छ।

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार लामासहित केन्द्रीय सदस्य नवीन विश्वकर्मा, अनेमसंघ (क्रान्तिकारी) कि महासचिव धिरेन्द्राकुमारी उपाध्याय र ईश्वर परियारलाई छाड्न आदेश दिएको थियो।

आइतबार ललितपुर प्रहरी परिसर, जावलाखेलले पत्र लेख्दै चारै जनालाई उपलब्ध गराइदिन नख्खु कारागारलाई भनेको छ। ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पनि उनीहरुलाई नियन्त्रणमा लिइएको पुष्टि गरे। चारै जनालाई सुनसरीमा पठाउन लागिएको जनाइएको छ।