नेकपाको उपाध्यक्षमा वामदेव मनोनित



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सचिवालय सदस्य वामदेव गौतम पार्टी उपाध्यक्षमा मनोनित भएका छन्।

केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम वैधानिक रुपमा पार्टी उपाध्यक्ष बनेका छन्।

गौतमलाई यसअघि नै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो। विधानमा संशोधन गर्नुपर्ने भएकाले केन्द्रीय कमिटी बैठकबाट वैधानिक प्रक्रिया पुरा गरिएको हो।