एमसीसीविरुद्ध देउवाको गृहजिल्लामा मसाल जुलुस प्रदर्शन



काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ विरुद्ध राँको दन्किएको छ।

एमसीसी नेपालको स्वाधीनताविरुद्ध भएको भन्दै डडेल्धुराका युवाहरूले प्रदर्शन गरेका छन्। नेपालमा सैन्य अखडा राख्ने भित्री उद्देश्यले अमेरिकाले एमसीसी सम्झौता अगाडि सारेको भन्दै डडेल्धुराका युवाले सदरमुकाम अमरगढीमा राँके जुलुस निकालेका हुन्।

एमसीसी राष्ट्रघाती भएको बताउँदै युवाहरूले सम्झौता संसद्बाट पारित भएर लागू भएमा नेपालको स्वाधीनता समाप्त हुने जनाएका छन्। चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी सम्झौता आएको दाबी गर्दै सम्झौता खारेज हुनुपर्ने प्रदर्शनमा सहभागी युवा श्याम ओलीले बताएका छन्।