गगन र रञ्जित एक ठाउँमा !



काठमाडौँ। नेपाली राजनीतिक क्षेत्रमा नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापा र रञ्जित कर्ण प्रख्यात नाम हुन्। यि दुई जनाको राजनीतिक पृष्टभूमि नेपाल विद्यार्थीसँग जोडिएको छ। २०५६ साल तिर त्रिचन्द क्याम्पसमा गगन र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा रंन्जित स्वयु सभापति बनेका थिए।

विद्यार्थी राजनीतिक क्षेत्रमा गगनले संगठनको नेतृत्व लिने सौभाग्य पाएनन्। गगन महामन्त्रीसम्म बने। तर, रञ्जित महामन्त्री, उपाध्यक्षहुँदै अध्यक्षसम्म बन्न सफल भए।

एक सुत्रका अनुसार गगन र रञ्जित तत्कालिन स्वयुमा हुदा धेरै मिल्ने साथी पनि हुन्। उनीहरु आन्तरिक सरसल्लाहअनुसार अगाडि बढ्थे। जब उनीहरु नेविसंघको केन्द्रीय राजनितीमा प्रवेश गरे त्यसपछि भने विभाजित भए। विगतको आत्मियता र सम्बन्ध संगठनको गुटबन्दीमा परिणत जस्तै भयो।

केन्द्रीय राजनीतिमा प्रभावशाली युवा नेताको पहिचान बनाई सकेका गगनलाई पुराना सहकर्मी खाँचो अवश्यक जस्तै छ। काठमाडौँमा हुर्केका गगन २०६४ सालमा रामचन्द्र पौडेलको समर्थनमा पहिलो संविधान सभा सदस्य बनेका थिए। दोस्रो संविधान सभाको चुनावबाट काठमाडौं क्षेत्र नम्बर ४ बाट विजय भएका थिए।

अलिले पनि उनी निर्वाचित जनप्रतिनिधि हुन्। सबैभन्दा बढि मतले १२औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेका थापा १३औं महाधिवेशनमा महामन्त्री लडेर पराजय भोगेका थिए। तराईंको सप्तरीमा हुर्केका र संघर्षको मौदान उछिन्दै आएका आर्किटेक्चर इन्जिनियर कर्ण अनुभवी इमानदार नेताका रुपमा चिनिन्छन्।

दोस्रो संविधानसभा सदस्य स्वर्गिय सुशील कोइरालाको सिफारिसमा सासद बनेका कर्णकै पालामा देशले संबिधान पाएको थियो। कर्णले १३औं महाधिवेशनमा केन्द्रीय सदस्यमा १२ मतले पराजय भोगेका थिए। अहिले दुवै जना दुबैको आवस्यकता महसुस गरिरहेको बताईन्छ।

गगनले आगामी १४औँ महाधिवेशनमा महामन्त्रीमा विजयी हुने सुनिश्चितताको लागि तयारी थाल्नुछ। एक स्रोतका अनुसार रञ्जित पार्टीको आगामी महाधिवेशनमा सहमहामन्त्रीका रुपमा अगाडि बढ्ने तयारी गरिरहेका छन्। अहिले थापालाई सघाउन कर्ण तयार छन् भन्ने सुनिदैछ भने थापा सहकर्मी कर्णलाई सघाउन तयार देखिएको बताईन्छ।