काठमाडौं। मार्क्स, लेनिन र माओको नाम लिएर २१ औँ शताब्दीमा भएको सशक्ततम् आन्दोलनका प्रेयता अध्यक्ष प्रचण्ड उहाँहरुका कर्मठ सहयोगीहरु मञ्चमा उपस्थित हुनुहुन्छ। मार्क्सवादको ठोस विश्लेषणात्मक निर्णयमाथि बारम्बार प्रश्न उठ्दै आएको छ। अध्यक्ष प्रचण्ड र अरू कमरेडको आलोचनामा यो फेज अनेकौँपटक अवश्य आएको छ।
मार्क्सका फेलेरिन्सका उपर प्रश्न उठाउने मान्छेले यति बुझे हुन्छ, मार्क्सको देहान्तका साथ कार्लमार्क्सको मृत्यु हुनु बिल्कुल हास्यस्पद कुरो थियो। हामीजस्ता प्रजातान्त्रिक समाजवादी पनि सधैँ आफ्नो हिसाबले भनेका छौँ, लेखेका छौँ। आज २१ औँ शताब्दीमा आएर मार्क्स एक मात्र सान्दर्भिक युरोपका चिन्तक छन्। युरोपले दुनियाँलाई धेरै कुरा लिएको छ। तर मार्क्सभन्दा ठूलो कुरा केही दिएको छैन। युरोपबाट आएको सबैभन्दा ठूलो कुरा मार्क्सको विचार हो।
मार्क्सलाई सम्झिँदा मार्क्सलाई एक समय नबुझिकन लेनिन र पेरिसमा भएको कम्युन बलशाली क्रान्ति नभएको भए उनलाई बुझ्न समय लाग्थ्यो होला। त्यो क्रान्तिले मार्क्सलाई हठात नवजीवनको ऊर्जा थियो। तर त्यसको परिणाम के भयो।
१९७९ को त्यो विघठन र विघठन भएपछि केही दशकभित्रै के जानकारीमा आयो भने आज संसारकै सबैभन्दा असमानताको देश रुस छ। तपाईले भन्न सक्नुहुन्छ त्यो कम्युनिस्ट शासन समाप्त भएपछि भएको हो। त्यसो भन्नुभयो भने ठोस विश्लेषणात्मक ठोस निर्णय हुँदैन। केही कमी कमजोरी स्टालियनकै पालादेखि सुरु भएको हुन्।
त्यो के थियो भने जुनधारको नेतृत्व गरेर प्रचण्ड वा अन्य कमरेडहरु आउनुभएको छ। उहाँहरुको प्रस्थान विन्दु नै त्यही थियो। ख्रुस्चेवका पालादेखि नै रुसमा संशोधनवाद सुरु भयो। म त्यतातिर धेरै जान चाहन्छ। यति कुरा भनौँ गतिशील नेता प्रचण्डलाई त्यो कुरा बुझ्न आवश्यक छ भन्ने ठानेको छु।
अब मार्क्सकै सन्दर्भबारे कुरा नाटकको सरल भाषाका रूपमा भन्दा मार्क्स किन सान्दर्भिक छन् भने उनको देहान्त भएको १७ वर्षपछि १ सय १ महान प्रतिभाशाली लेनिन र ट्रटस्कीलगायतका चिन्तनको इतिहासका राम्रो गाइड थिए। यस नाटकले मैले बुझेसम्म के देखाउँछ भने दुनियाँ तीन किसिमबाट परिवर्तन हुन्छ। तर्कबाट, मार्क्सले जस्तो तर्क गर्ने दुनियाँमा कमै भए। तर तर्कले इतिहास बदल्ने क्रममा शक्ति पनि चाहिन्छ, सङ्घर्ष पनि चाहिन्छ र युद्ध पनि चाहिन्छ। त्यसैले भनिन्छ सशक्त योद्धा, सशक्त दूरदर्शी र सशक्त भविष्य व्यक्ता चाहिन्छ। इतिहास बदल्न सबैभन्दा ठूलो कुरा उदहारण पनि हो।
इतिहासका नेताहरुले कसरी बचेका छन्, कसरी खाएका थिए, कसरी गरिबी समान गरेका छन् र कसरी आफूलाई त्याग र समर्पितमा जीवन अर्पित छन्। मैले बुझेसम्म यो नाटकले मार्क्सको असाधारण साधारणतालाई सङ्केत गरेको छ। नाटक कला साहित्य यस्तो साधन हो, जसले कुनै पनि सत्यलाई अत्यन्त जोडदार ढङ्गले बताउँछ। त्यस कुरामा यो नाटक सफल छ।
एउटा राजनीतिक सिद्धान्त मार्क्सवादले, लेनिनवादले, बहुदलीय जनवादले २१ औँ शताब्दीको नयाँ जनवादले र राष्ट्रिय मेलमिलापले पार्टी बनाउन सक्छ, प्रचण्डपथले आन्दोलन चलाउन सक्छ। तर जीवन मूल्यले पार्टी होइन सभ्यता बनाउँछ। मार्क्स यस्ता जीवन मूल्यका बाहक थिए, उनी सभ्यता बनाउन सक्षम छन्। संसारमा जबसम्म असमानता छ, तबसम्म मार्क्स जिवित रहन्छन्। संसारमा जबसम्म बर्बता छ, तबसम्म मार्क्स जीवित रहन्छन्। आज मार्क्स मरे भन्ने मान्छेले सुन्नुभएको छ भने मरेका मार्क्स आज जीवित मार्क्सभन्दा सय गुना सशक्त भएर आएका छन्। सावधान रहनुहोस् साम्राज्यवादी।
‘प्रदर्शनमा रहेको नाटक ‘मार्क्स फर्किए…’माथि समाजवादी चिन्तक एवम् नेपाली काँग्रेसका नेता प्रदीप गिरीद्वारा व्यक्त विचारको सम्पादित अंश ।’