धनुषा बम बिष्फोटमा इन्स्पेक्टर अमिर दाहालसहित तीन जनाकाे मृत्यु



जनकपुर। शुक्रबार राति भएको बम बिष्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालसहित तीनजनाको मृत्यु भएको छ। धनुषामा भएको बिष्फोटमा घाइते भई उपचारका लागि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा लगिएको थियो।

बिहान ७ बजे उनको निधन भएको हो। संखुवासभा घर भएका दाहाल धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत थिए।

शुक्रबार राति इलाका प्रहरी कार्यालयभन्दा केही पर क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्र नगरमा राजेशकुमार साहको घरको शौचालय अगाडि राखिएको बम एकिन गर्न जाने क्रममा बिष्फोट भएको थियो।

त्यस क्रममा घरमुली ४६ वर्षीय राजेशकुमार साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो।