प्रकाशित मितिः २२ कार्तिक २०७६, शुक्रबार १८:४९November 9, 2019 713 Views काठमाडौ। नेपाल-भारत सिमा विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका छन्। सर्वपक्षीय बैठक भोलि ४ बजे बैठक बोलाइएको छ। भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको कालापनी, लिम्पियाधुरा र लिपुलेकको ३७२ वर्गकिलोमिटर भूमी समावेश गरेपछि देशभर भारत विरुद्ध आन्दोलन चर्किएको छ। बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीका साथै प्रमुख दलका प्रतिनिधिहरुलाई समेत बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । Share this:FacebookX