कालिकोट। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी कालिकोटले लक्ष्मण बमलाई निलम्बन गरिएको छ। पलाँतागाउँपालिका अध्यक्षसमेत रहेका बमलाई नेकपाले आर्थिक अनियमिता, पार्टीका निर्णयलाई बेवास्ता गरेको आरोपमा पार्टीबाट निलम्बन गरेको हो।
बमलाई आर्थिक अनियमिततासँगै पार्टी अनुशासन विपरीत कार्य गरेको भन्दै जनस्तरबाटै व्यापक गुनासो आएपछि जिल्ला समितिको सदस्यबाट निलम्बन गरिएको नेकपा कालिकोटका अध्यक्ष धनजित शाहीले बताएका छन्।
‘छानबिनका लागि निलम्बन गरिएको छ,’ उनले भने, ‘पार्टी हित विपरीत आर्थिक अनियमिता गरेकोलगायतका आरोप छन्।’ छानविन समितिको प्रतिवेदन के कस्तो आउँछ, त्येसपछि मात्रै साधाहरण सदस्यबाटै निलम्बन गर्ने वा नगर्ने भन्ने बारेमा निष्कर्ष हुनेछ।
गाउँपालिका अध्यक्ष बमले गरेको भनिएको आर्थिक अनियमितता र पार्टी अनुशासन विपरीत कार्यका विषयमा छानबिन गर्न नेकपा कर्णाली प्रदेशका सदस्य विष्णु विकको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको अध्यक्ष शाहीले बताए। समितिमानेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सदस्य कृष्णप्रसाद आचार्य र टेकबहादुर बुढा रहेका छन्।




