अमेरीकाले माग्यो फेसबुक एकाउण्टबारे विस्तृत जानकारी, बढ्याे कडा निगरानी



काठमाडौँ। यो साल फेसबुक कम्पनीले धेरै एकाउन्ट बन्द गरेको छ। अमेरिकी सरकारले फेसबुक युजर्सबारे बिस्तृत जानकारी मगाएअनुसार संसारमा सबैभन्दा बढी फेसबुक एकाउन्ट चलाउने राष्ट्रमध्ये अमेरीका पछि भारत, ब्रिटेन, जर्मनी र फ्रान्स रहेको पाईएको छ। फेसबुकले यो सालमा ५.४ अरब फेक एकाउन्ट बन्द गरेकाे छ।

सोसल मेडिया प्लेटफर्मका ताजा रिपोर्टमा उल्लेख गरेअनुसार तथ्यहीन तथा नकरात्मक र विभिन्न अफवाह फैलाउने खालका विकृतीलाई रोक्न यो कदम उठाएको हो। फेसबुक कम्पनीले भनेकाे छ, ‘कि हामी झुठ र अभद्र फैलाउने एकाउण्टको पहिचान गरेर त्यस्तो एकाउण्टलाई ब्लक गरीदिन्छौं र यसका लागि हामी हाम्रो आफ्नो दक्षता र कार्यक्षमतालाई प्रभावकारी रुपमा अगाडी बढाईरहेका छौं।’

सोसियल मिडिया प्लेटफर्मले भनेकाे छ, ‘हामीले विभिन्न तरिकाले खोज अनुसन्धान गरी हरेक दिन फेक एकाउण्टको पहिचान गर्दछौं। कोही कोही व्यक्ति फेक एकाउण्टद्वारा आफ्नोबारे भ्रामक प्रचार गर्ने गरेका छन्, जसको कुनै अस्तित्व नै छैन। उनीहरू मात्र आफ्नो सामाजिक प्रतिष्ठा र राजनीतिक एजेन्डाका लागि आफ्नो प्रभाव जमाउन र अरूलाई धोका दिन फेसबुक एकाउण्टको प्रयोग गरीरहेका छन्।’

यो समस्या निराकरण गर्न त्यति सहज छैन। यसका लागि केही समय लाग्छ। आफ्नो सीमा र नीति उल्लङ्घन गर्नेहरुको एकाउण्टको पहिचान र त्यसलाई बन्द गर्नैका लागि पनि हामीले अहिले बढी ध्यान दिईरहेका छौँ। अमेरिकी सरकारको तर्फबाट फेसबुक प्रयोगकर्ताहरूको खाताबारे जानकारी मागे अनुसारको यस रिपोर्टमा विस्तृत चर्चा गरीएको छ। अमेरिकाले यस बारे ५०,७४१ आवेदन पठाएको छ। जसमा ८२,४६१ एकाउण्टको जानकारी माग गरेको छ।

फेसबुक कम्पनीले सरकारमार्फत् आएको हरेक आवेदनको कानूनअनुसार नै निगरानी गर्ने र वैधानिक तरीकाले सुनिश्चित गर्ने बताएकाे छ। रिपोर्टमा आतंकवाद, घृणा, सुुसाईड, चाईल्ड पोर्न र ड्रग्ससँग सम्बन्धित फेसबुक पोष्टजस्ता समस्या समाधानको तरीकाबारे पनि जानकारी दिएको छ।