Tag: ram bdr thpa baddal

गृहमन्त्री बादललाई चितवनमा कालोझण्डा

गृहमन्त्री बादललाई चितवनमा कालोझण्डा

   
चितवन। गृहमन्त्री रामबहादुर थापालाई चितवनमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन्। उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् । यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो। नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न बादल सोमबार गृहजिल्ला चितवन पुगेका हुन्। पूर्वमाओवादी धारका बादल नेकपा विभाजित बनेपछि ओलीतिर लागेका छन्।
ओलीको वैठकमा बादल अनुपस्थित

ओलीको वैठकमा बादल अनुपस्थित

   
काठमाडौँ। काम चलाउ प्रधानमन्त्री केपी ओलीले बोलाएको भेलामा गृहमन्त्रीसमेत रहेका रामबहादुर बादल सहभागि भएनन्। आइतबार केपी ओली र विद्या भण्डारीले संसद विघटनसँगै नेकपा नेताहरु कुन समूहमा लाग्ने भनेर सोच्न बाध्य बनिरहेका छन्। तर, पूर्व माओवादी समूहबाट गृहमन्त्रीसमेत भएका सचिवालय सदस्य रामबहादुर थापा बादल पार्टी विभाजन भए कुन कित्तामा लाग्लान् भन्ने विषय चासोको सन्दर्भ बनिरहेको छ। पूर्वमाओवादी समूहबा
गृहमन्त्रीका भाइ नरेश थापालाई थुनामा राख्न आदेश

गृहमन्त्रीका भाइ नरेश थापालाई थुनामा राख्न आदेश

   
काठमाडौँ। उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापा (बादाल) का भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्टाउँदै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो। ‘फिरौती’ उठाउने गिरोहसँगको मिलिभ